काठमाडौं । आज मिति २०८१ साल भदौ १० गते सोमबार तदनुसार २०२४ अगस्ट २६ तारीख भाद्र कृष्णपक्ष सप्तमी तिथि । आज सूर्योदय बिहान ५ बजेर ४० मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर २९ मिनेटमा हुनेछ ।
मेष : मेष राशि भएकाहरूका लागि आजको दिन मध्यम रहन सक्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । मान सम्मान बढ्ने देखिन्छ । समाज सेवामा मन जानेछ । प्रतिस्पर्धी निस्तेज हुनेछन्।
वृष : वृष राशि भएकाहरूका लागि आज चन्द्रमाको प्रथम गोचरको शुभ फल प्राप्त हुने भएकाले मानसम्मान प्राप्त हुनेछ। सामाजिक, धार्मिक, वैदेशिक र व्यापारिक क्षेत्र यथास्थितिमा रहे पनि प्रेममा भने धोका पाइनेछ।
मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय केहि प्रतिकूल रहन सक्छ । अग्रजबाट सल्लाह लिएर मात्र नयाँ कामको थालनी गर्नुहोला।
कर्कट : कर्कट राशिका लागि समय शुभ रहेको छ। दैनिकी सबल छ। दीर्घकालीन काममा हात हाल्दा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।
सिंह : सिंहका लागि आज दिन राम्रो रहेको छ । शत्रु नाश हुनेछ। दैनिकीमा प्रगति हुनेछ। राजनीतिमा आफ्नो संगठन बलियो हुनेछ। वैदेशिक क्षेत्रमा भन्दा देशमा गरिएको कामबाट नाम, दाम, सम्मान मिल्नेछ ।
कन्या : कन्या राशि भएकाहरूका लागि आज समय मध्यम छ । भविष्यबारे गरिने निर्णयले सुख दिनेछ। सामाजिक, राजनीति क्षेत्र यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा मिल्नेछ।
तुला : तुला राशि भएकाहरूका लागि आज समय त्यति अनुकुल नरहन सक्छ। वैदेशिक क्षेत्रमा भने साथीभाइको सहयोग मिल्नेछ।
वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय शुभ छ। दिन राम्रो छ। बौद्धिक संगत हुनेछ। मनमा नयाँ सोचको विकास हुनेछ।
धनु : धनु राशिका लागि आज समय सामान्य छ। आफ्नो बोली सम्हाल्नु राम्रो हुन्छ। आफन्तले असहयोग गरे पनि सहयोगका लागि नयाँ मान्छे उपस्थित हुनेछन्।
मकर : मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । प्रतिस्पर्धी निस्तेज हुनेछन्। स्वदेशमै दुस्ख गर्दा लाभ प्राप्त हुने योग रहेको छ।
कुम्भ : कुम्भ राशिका लागि आज समय केहि प्रतिकूल रहन सक्छ । वैदेशिक क्षेत्रमा भने नाम, दाम, सम्मान पाइने छ।
मीन : मीन राशि भएकाहरूका लागि आज समय उत्तम रहन सक्छ। विभिन्न संघ संस्था र बन्धुबाट सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले सन्तोष मिल्नेछ।