रसुवा । नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीका कारण टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी र त्रिशूलीलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीका कारण पर्यटक, नेपाली कर्मचारी तथा स्थानीय बासिन्दा सम्पर्कविहीन भएको खबर आइरहेका बेला Alpine Kailash Trek Pvt. Ltd. का ५१ जना विदेशी पर्यटक र १४ जना कर्मचारी भने सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।
अल्पाइन कैलाश ट्रेकका अनुसार अल्पाइनसँग सम्बन्धित ५१ जना विदेशी पर्यटक र १४ जना कर्मचारी हाल सागामा सुरक्षित रहेका छन्।
उनीहरू भोलि मानसरोवरतर्फको यात्रा अघि बढाउने तयारीमा रहेको कम्पनीले जनाएको छ।
बाढीका कारण नेपाल–चीन सीमा क्षेत्रका सडक तथा विभिन्न बस्तीमा ठूलो क्षति पुगेको छ। यस घटनाबाट प्रभावित तथा सम्पर्कविहीन भएका नागरिक र पर्यटकको सकुशल उद्धारका लागि सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन्।
अल्पाइन कैलाश ट्रेकले प्रभावित सबैप्रति ऐक्यबद्धता जनाउँदै उद्धार तथा राहतका लागि आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ। साथै, सबैलाई संयमित रहन, सुरक्षित रहन र एक–अर्कालाई सहयोग गर्न आग्रह गरिएको छ।



