सेप्टेम्बर 9, 2026
अपराध-अनुसन्धान

पशुपतिको भेटी दुरुपयोग गरेको आरोपमा ५ जना जेल चलान, १ जना धरौटीमा छुटे

न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले सो आदेश दिएको हो । अदालतका प्रवक्ता मेलिस बास्कोटाका अनुसार भेटी दुरुपयोग प्रकरणमा संलग्न पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । सत्यनारायण जोशीसँग भने अदालतले ३ लाख रुपैयाँ धरौटी माग गरेको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले ६ जना विरुद्ध २ करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको हो ।

जवाफ लेख्नुहोस्