सेप्टेम्बर 5, 2026
घटना-दुर्घटना

पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध, स्काभेटर चालकको मृत्यु

काठमाडौं । चितवनस्थित मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो खसेको छ । पहिरोका कारण स्काभेटर चालक ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले बताए ।

बर्दिया घर भएका चौधरी निर्माणाधीन ३ नम्बर पुलको स्काभेटर चालक रहेको बताएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर-५ मा पर्ने उक्त स्थानमा पुल बनाउन पहाड काट्ने क्रममा ढुङ्गा सहितको पहिरो खस्दा स्काभेटर पुरिएको डीएसपी रिजालले बताए ।

चौधरीलाई प्रहरीले उद्धार गरेर चितवन मेडिकल कलेजमा लगेको थियो । चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् ।

जवाफ लेख्नुहोस्