share 253 काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँध्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको आरोप लगाएलो छ । मंगलबार सामाजिक सञ्जाल एक्स मार्फत विरोध जनाउँदै नेता कोइरालाले सिरोहियाको गिरफ्तारी अस्वीकार्य भएको स्पष्ट पारेका छन् । ‘आफू दोहोरो पासपोर्ट लिँदै हिंड्ने र सहकारी ठगीको आरोपविरुद्ध छानबिन हुन नदिने तर ३ दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भइ उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन,’ उनले लेखेको छ । कान्तिपुर मिडिया ग्रुपमा अध्यक्ष सिरोहियालाई नागरिकता किर्ते गरेको आरोपमा प्रहरीले मंगलबार कार्यालयस्थल थापाथलीबाट पक्राउ गरेको हो । पोस्टको नेभिगेसन सिरोहियालाई पक्राउ गरेर ‘प्रचण्ड’ले ज्ञानेन्द्रपथ अनुसरण गर्यो : बाबुराम भट्टराई कान्तिपुरका अध्यक्षलाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ