share 277 काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न कार्यालयमा प्रहरी पुग्नु लोकतन्त्रका लागि अस्वीकार्य कदम भएको टिप्पणी गरेको छ । राउतले सामाजिक सञ्जालमा टिप्पणी गर्दै यो प्रतिशोधपूर्ण रहेको बताएको हो । उनले भनेका छन्, ‘कसैलाई पनि भन्नु पर्छ र, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राऊ पुर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्ण छ भनेर ? यो लोकतन्त्रको लागि सर्वथा अस्वीकार्य कदम हो। रविजी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नु अगाडि नबिर्सिदिनुस्। सिरोहिया माथी नागरिकता किर्ते गरेको अभियोग लागेको छ । पोस्टको नेभिगेसन कान्तिपुरका अध्यक्षलाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ माओवादी सचिव राम कार्की भन्छन् : नागरिकता प्रकरणमा रविलाई पनि पक्राउ गरिएको थिएन
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न कार्यालयमा प्रहरी पुग्नु लोकतन्त्रका लागि अस्वीकार्य कदम भएको टिप्पणी गरेको छ । राउतले सामाजिक सञ्जालमा टिप्पणी गर्दै यो प्रतिशोधपूर्ण रहेको बताएको हो । उनले भनेका छन्, ‘कसैलाई पनि भन्नु पर्छ र, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राऊ पुर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्ण छ भनेर ? यो लोकतन्त्रको लागि सर्वथा अस्वीकार्य कदम हो। रविजी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नु अगाडि नबिर्सिदिनुस्। सिरोहिया माथी नागरिकता किर्ते गरेको अभियोग लागेको छ ।