काठमाडौं । नेपाल टेलिकमले मासिक ८७५ रुपैयाँमै आईपीटिभी उपलब्ध गर्दै आएको छ। कम्पनीले ५० एमबीपीएस इन्टरनेट प्याकेजमा १८ जीबी मोबाइल डेटासहित यस्तो सुविधा ल्याएको हो ।

वार्षिक १० हजार ४९९ रुपैयाँमा याे प्याकेज खरिद गर्न सकिने छ । याे प्याकेज लिँदा ग्राहकले नेपाल टेलिकमका नेटवर्कभित्र कल गर्न सकिने गरी ३००० मिनेट टकटाइम र हरेक दिन ६०० एमबी मोबाइल डेटा प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । कम्पनीले यो प्याकेज वार्षिक ग्राहकका लागि उपलब्ध गराउँदै आएको छ । उक्त प्याकेजको मासिक शुल्क ८७५ रुपैयाँ पर्न आउँछ ।

त्यसैगरी कम्पनीले वार्षिक १३ हजार ४९९ रुपैयाँमा १०० एमबीपीएस इन्टरनेट प्याकेज उपलब्ध गराएकाे छ, जसमा टेलिकमकाे नेटवर्कमा ३००० मिनेट टेलिफोन कल, आईपीटिभी र दैनिक ८०० एमबी डेटा पाउन सकिनेछ । यस प्याकेजको मासिक शुल्क ११२५ रुपैयाँ हुन आउँछ । वार्षिक १४ हजार ९९९ रुपैयाँ तिरेको खण्डमा एनटी फाइबरको १५० एमबीपीएस इन्टरनेट प्याकेज खरिद गर्न सकिने जनाएको छ । यसमा पनि अन्य प्याकेज जस्तै ३००० मिनेट नेपाल टेलिकमको नेटवर्कमा टकटाइम र बेसिक आईपीटिभीको सुविधा छ । मोबाइल डेटाको सन्दर्भमा भने यस प्याकेजका ग्राहकले दैनिक ९०० एमबी डेटा पाउने र यस प्याकेजको मासिक शुल्क १२५० रुपैयाँ लाग्ने जनाएको छ ।

त्यस्तै २०० एमबीपीएस इन्टरनेट प्याकेज वार्षिक १८ हजार ४९९ रुपैयाँमा खरिद गर्न सकिने र यसमा ३००० मिनेट टेलिकमको नेटवर्कमा टकटाइम, आईपीटिभी र दैनिक १००० एमबी मोबाइल डेटा पाउने र यस प्याकेजको मासिक शुल्क १५४२ रुपैयाँ लाग्ने छ ।

नेपाल टेलिकमको सो प्याकेजहरुबारे थप बुझ्न वा सब्स्क्रिप्सन लिन १९८ डायल गर्न सकिनेछ ।