काठमाडौं । सूचना प्रविधि मन्त्रालयमा दर्ताका लागि निवेदन दिएपछि ‘हाम्रो पात्रो’ एप बन्द नहुने भएको छ।
सूचीकरणका लागि ‘हाम्रो पात्रो’ ले आधिकारिक रूपमा निवेदन दिएको मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए।
‘निवेदन दिएको छ। नेगेटिभ लिस्टबाट हाम्रो पात्रो पोजिटिभ लिस्टमा राखिसक्यौं,’ उनले भने, ‘अरू आवश्यक कागजातहरू आउने क्रममा छन्।’
मन्त्रालयको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई पठाएको पत्रमा २६ वटा सामाजिक सञ्जाल बन्द हुने सूचीमा ‘हाम्रो पात्रो’ पनि समावेश गरिएको थियो।
हाल नेपालमा पाँच वटा सामाजिक सञ्जाल औपचारिक रूपमा सूचीकरण भइसकेका छन्। ती हुन्– भाइबर, वी-टक, टिकटक, निम्बज र पोपोलाइभ। यस्तै, टेलिग्राम र ग्लोबल डायरी सूचीकरण हुने प्रक्रियामा रहेका छन्।

