share 417 काठमाडौं । शुक्रबारदेखि पाँच दिनसम्म आईएमई पेबाट बिजुली तथा खानेपानीको बिल भुक्तानी गर्न नमिल्ने भएको छ । भुक्तानी सेवा प्रदायक तथा डिजिटल वालेट कम्पनीले शुक्रबार एक सूचना राख्दै सेवा अवरुद्ध हुने बारे जानकारी दिएको हो । आर्थिक वर्ष २०८०/८१ को हिसाब मिलानको निम्ति २८ असारदेखि १ साउनसम्म भुक्तानी सेवा अवरुद्ध हुने बताइएको छ । “सामुदायिक खानेपानी र बिजुलीको बिल भुक्तानीको सेवा स्थगित हुने भएकाले आईएमई पे एपबाट सो अवधिभर सेवा प्रयोग गर्न नमिल्ने जानकारी आदरणीय ग्राहक वर्ग माझ गराउन चाहन्छौं,” कम्पनीले जारी गरेको सूचनामा भनिएको छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति आईएमई पेले क्षमायाचना समेत गरेको छ । पोस्टको नेभिगेसन नेपाल टेलिकमको सिम कार्डमा आज राति रिचार्ज नहुने मेटाले सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने एआईको विकास गर्दै