काठमाडौं । आज रातिदेखि नेपाल टेलिकमको सिम कार्डमा रिचार्ज नहुने नेपाल टेलिकमले उल्लेख गरेको छ ।

विलिङ प्रणाली स्तरोन्नतिको लागि परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेजहरु खरिदका सम्पुर्ण सेवाहरु प्रभावित हुने नेपाल टेलिकमले जनाएको छ । राति ११ बजेअघि भने रिचार्ज गर्न सकिने टेलिकमले बताएको छ ।

मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ ।