काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ३.९३ अंकले बढ्दै २१ सय १३.२७ अंकमा उक्लिएको छ । अघिल्लो दिन २२ अंकले घटेको नेप्से सोमबार केही अंकको सुधार आएको हो ।

अघिल्लो दिन ४ अर्ब ४४ करोडमाथि भएको सेयर कारोबार सोमबार घटेर ३ अर्ब ८९ करोडमा झरेको छ । सोमबार बैंकिङ, होटल तथा पर्यटन र नन् लाइफ इन्स्योरेन्सको उपसूचक ऋणात्मक भए पनि बाँकी ९ वटा उपसूचक धनात्मकम भएका छन् । २४७ कम्पनीको सेयर कारोबार हुँदा सोमबार १४९ कम्पनीको मूल्य बढेको छ भने ९० कम्पनीको घटेको छ । बाँकी ८ कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सोमबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वाइरिङ्गहाउस कम्पनीको सेयर मूल्य समान १० प्रतिशतले बढको छ भने बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्न पुगेको छ ।