share 294 काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आईसीसी टी-२० विश्वकप खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । टी-२० विश्वकपमा नेपालले १० वर्षपछि सहभागिता जनाएको हो । अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेको हो । यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो । नेपाल र नेदरल्यान्ड्सबीचको खेलअघि आज अन्य दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘सी’ का अफगानिस्तान र युगान्डाबिच यतिबेला प्रतिस्पर्धा भइरहेको छ । आजको दोस्रो खेलमा समूह ‘बी’ का इंग्ल्यान्ड र स्कटल्यान्डबिच प्रतिस्पर्धा हुनेछ । यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ । पोस्टको नेभिगेसन आइसीसी टी-२० विश्वकपमा आज दुई खेल हुँदै विश्वकप खेल्नुअघि युलेसस्थित पशुपतिनाथ र बौद्ध विहारको दर्शन गर्न पुग्याे नेपाली टोली