कति छ आज विदेशी मुद्राको विनिमय दर ?

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
FILE PHOTO: Euro, Hong Kong dollar, U.S. dollar, Japanese yen, pound and Chinese 100 yuan banknotes are seen in this picture illustration, in Beijing, China, January 21, 2016. REUTERS/Jason Lee/File Photo

काठमाडौं । आज  जेठ २४ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बुधबार बढेको अमेरिकी डलर , युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बिहीबार भने घटेको छ।

बिहिवारका लागि अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा तोकिएको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २४ पैसा तोकिएको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ शून्य पैसा र बिक्री दर १७० रुपैयाँ ७६ पैसा तोकिएको छ।

त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

आजको लागि विदेशी मुद्राको विनिमय दर :