काठमाडौं । विमान दुर्घटनामा परी भएको मानवीय क्षतिको शोकमा साउन १० गते बिहीबार राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै, आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायुसेवा सञ्चालन गरिरहेका सबै वायुसेवा कम्पनीहरूले हवाई जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्नुपर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले सोको सघन अनुगमन गर्नुपर्ने  सरकारले निर्णय गरेको छ ।

बुधबार दिउँसो सौर्य एयरलाइन्सका विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो ।