share 280 काठमाडौं । ग्रीष्मकालीन ओलम्पिकको ३३औँ संस्करणको औपचारिक उद्घाटन आज हुँदै छ । नेपाली समयअनुसार राति ११ बजेपछि औपचारिक उद्घाटन समारोहमा हुन लागिएको हो । ओलम्पिकको इतिहासमै उद्घाटन समारोह पहिलो पटक रङ्गशालाबाहिर खुला स्थानमा गरिँदै छ । यस ओलम्पिकमा रिफ्युजी ओलम्पिक टिमसहित २०६ देशले भाग लिइरहेका छन् । ३२ खेलका ३२९ इभेन्टमा २०६ देशका १० हजार ७१४ खेलाडीले यस ओलम्पिकमा भाग लिइरहेका छन् । यस पटक ओलम्पिकमा विजेतालाई दिइने गोल्ड मेडल४५५ देखि ५२९ ग्रामको रहेको बताइएको छ । गोल्ड मेडलमा ९८।५ प्रतिशत चाँदी र १।१३ प्रतिशत सुन मिलाएर बनाइएको छ । सो ओलम्पिकमा विश्वभरबाट ४५ हजार स्वयंसेवकलाई भर्ना गरिएको छ । पेरिस ओलम्पिक ११ अगस्तमा सकिने छ । यो पटकको ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीले प्रतिनिधित्व गर्नेछन् । मार्च पासमा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले नेपालको झन्डा बोक्नेछन् । पोस्टको नेभिगेसन दक्षिण एशियाली कराँते खेलमा ३१ स्वर्णसहित नेपाल टिम च्याम्पियन गृष्मकालिन ओलम्पिक पेरिसमा शुरु, दश हजारभन्दा बढी खेलाडी सहभागी (तस्बिरसहित)