share 292 ललितपुर । भुटानको थिम्पुमा भएको ८औँ साउथ एशियन कराँते प्रतियोगितामा नेपाल ३१ स्वर्ण‚ २० रजत र ११ कांस्यसहित कुल ६२ पदक जित्दै प्रथम (टिम च्याम्पियन) भएको छ । भारत २७ स्वर्ण‚ २० रजत र १३ कांस्यसहित दोश्रो, श्रीलंका ५ स्वर्ण १८ रजत र ३१ कांस्यसहित तेश्रो र आयोजक भुटान ५ रजत र ३७ कांस्य पदकसहित चौथो स्थान भएको भुटानको थिम्पुबाट नेपाल कराँते महासंघका मिडिया कोअर्डिनेटर गजेन्द्रबहादुर खपाङगीले जानकारी दिए। प्रतियोगिताको अन्तिम दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीमा पुरुष क्याडेटतर्फ ५२ किलोमा समन श्रेष्ठ, ६३ किलोमा साहिल राई, जुनियरतर्फ ६८ किलोमा निशान तामाङ, यू-२१ तर्फ ८४ किलोमा गौरव नेपाल, +८४ किलोमा आशिष श्रेष्ठ, पुरुषकै सिनियरतर्फ ५५ किलोमा एलोन श्रेष्ठ, ६७ किलोमा सन्तोष श्रेष्ठ, ८४ किलोमा मोहम्मद सेखु आलम र +८४ किलोमा विप्लवलाल श्रेष्ठले नेपाललाई स्वर्ण पदक हात पारेको नेपाल कराँते महासंघका मिडिया कोअर्डिनेटर गजेन्द्रबहादुर खपाङगीले जानकारी दिए। त्यस्तै, क्याडेटको महिलातर्फ ४२ किलोमा वर्षा राई, ४७ किलोमा प्रोसिया चौधरी, ६१ किलोमा मनिषाकुमारी बोहरा, महिलातर्फकै जुनियर ४२ किलोमा सुस्मिता वाईवा, ५३ किलोमा समिक्षा ढुङ्गाना, यू-२१ को ४५ किलोमा प्रियन्का शाही, ५० किलोमा अन्जली महर्जन र ५५ किलोमा जिया कार्कीले स्वर्ण दिलाए । त्यसैगरि महिला सिनियरतर्फ ४५ किलोमा वर्षा बुढा मगर, ६१ किलोमा निरुपा तामाङ र + ६८ किलोमा १९औँ एशियाडकी रजत पदक विजेता एरिका गुरुङ्गले नेपाललाई स्वर्ण पदक दिलाए । महिलातर्फकै टिम कुमितेमा नेपालले पहिलो स्थान हासिल गर्न सफल भयो भने पुरुषतर्फको टिम कुमितेमा दोश्रो स्थानमा चित्त बुझाउनु पर्यो । उक्त प्रतियोगितामा भुटानसहित नेपाल, भारत र श्रीलंका सहभागी रहेका थिए। पोस्टको नेभिगेसन पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई राष्ट्रपति पौडेलले गरे बिदाइ पेरिस ओलम्पिकको उद्घाटन आज हुँदै