share 313 काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागि मात्रै विद्युत महसुल नतिर्ने उद्योगहरूको लाइन जोडिएको बताएको छ । शुक्रबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै घिसिङले तीन महिनाभित्र बाँकी सबै पैसा तिर्नुपर्ने बताए । यदि तीन महिनामा महसुल नतिरे प्राधिकरणले फेरि नियमानुसार लाइन काट्ने घिसिङले बताए । ‘डेडिकेटेड लाइनको बिल भुक्तानी नगर्ने उद्योगलाई हामीले फेरि तीन महिनाको समय दिएका हौँ । तीन महिनाभित्र वक्यौता क्लियर गर्ने शर्तमा लाइन जोडिदिएका छौँ’, उनले भने, ‘त्यसअवधिमा उद्योगले बुझाउनुपर्ने पैसा नबुझाए प्राधिकरणले आवश्यक निर्णय गर्नेछ ।’ केही उद्योगले लोडसेडिङ हटेपछि पनि वक्यौता भुक्तानी गरिरहेको जानकारी दिए ।‘केही उद्योगले पैसा तिरिरहनुभएको छ । कसैले लोडसेडिङ हटेपछि पनि तिरिरहेका छन्’, उनले भने, ‘हाम्रो रेकर्डअनुसार १७४ उद्योगले तिरेका छन् । वक्यौता नलिने भए लिइसकेका उद्योगको पैसा फिर्ता गर्न हामी तयार छौँ ।’ घिसिङले विद्युत् प्राधिकरण अहिले ४६ अर्ब नाफामा चलेको पनि जानकारी दिए । ‘हामी ४६ अर्ब सञ्चित नाफा छौँ । बक्यौता उठ्न बाँकी २१ अर्ब जोड्दा ६० अर्ब नाफामा पुग्छौँ ।’ डेडिकेटेड र टंक लाइन विवाद बढेपछि प्राधिकरणले अघिल्लो साता ६ उद्योगको लाइन काटिदिएको थियो । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि प्राधिकरणसँग द्वन्द्व देखिएको थियो । ओलीले कुलमानलाई बालुवाटारमै बोलाएर लाइन जोड्न निर्देशन दिएका थिए । तर प्राधिकरणले तीन महिनाभित्र सबै वक्यौता भुक्तानीको शर्तमा लाइन जोडिदिएको हो । ओलीले घिसिङलाई तत्काल लाइन जोड्न निर्देशन पनि उनले तीन दिनसम्म अडान छाडेनन् । तर त्यसपछि उनले सर्तसहित लाइन जोडिदिएका थिए । पोस्टको नेभिगेसन नियमअनुसार नै विद्युत बक्यौता उठाउने प्रधानमन्त्री ओलीको आश्वासन नेपाल विद्युत् प्राधिकरणले ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा गरे देशभरका कार्यालयमा वृक्षारोपण