share 296 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी नियमअनुसार नै विद्युत् बक्यौता उठाइने बताएको छ । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विद्युतको बक्यौता पनि उठाउनुपर्ने र उद्योग पनि चलाउनुपर्ने उल्लेख गरे । “हामीलाई उद्योगबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कूल गार्हस्थ्य उत्पादन पनि बढाउनु छ”, ओलीले लेखेका छन् । यस विषयमा सरकार र विद्युत् प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद नरहेको पनि उनले प्रष्ट पारे । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगमा काटिएको विद्युत् लाइन अहिले जोडिएको उनले जानकारी दिए । पोस्टको नेभिगेसन आज काठमाडौंका यी स्थानमा विद्युत अवरूद्ध हुने तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काटिन्छ : कुलमान घिसिङ