facebook sharing button
twitter sharing button
messenger sharing button
viber sharing button
sharethis sharing button

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा तीनदेखि ६ घण्टा विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरबार २ फिडर र टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत वितरित स्थानहरूमा विद्युत् अवरुद्ध हुने छ ।

सिंहदरबार २ फिडर अन्तर्गत पर्ने सिंहदरबार परिसर भित्रका सबै मन्त्रालय, सिंहदरबारको दक्षिणी गेट बाहिर जिल्ला समन्वय समिति क्षेत्र लगायतका स्थानहरूमा अपराह्न ३ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ । ती क्षेत्रमा नयाँ लाइन जोड्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले हो । भूमीगत केबल चार्जका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत क्षेत्रहरूमा समेत विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । यस फिडर अन्तर्गतका  पचली भैरव, उद्योग वाणिज्य महासंघ, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट मार्केट अगाडिसम्म टेकु वंशीमार्ग, सुकुम्वासी बस्ती जाने बाटो लगायतका क्षेत्रहरूमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।

समय अगावै काम सकिएको अवस्थामा निर्धारित समय अगाडि नै विद्युत् सेवा शुरू गरिने प्राधिकरणले जनाएको छ।