share 286 साङ्केतिक तस्बिर काठमाडौं । अनलाइन माध्यमबाट लैजाने भन्दै ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । झापा घर भई ललितपुर बस्ने २३ वर्षीय पुरुषोत्तम भण्डारीलाई पक्राउ गरेको हो । आरोपीले ८४ लाख १५ हजार ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए । उनले सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ को दुरुपयोग गरेर रकम ठगि गरेको हो । ‘क्यानडा लैजान्छु’ भनेर उनले पीडितहरूलाई विभिन्न व्यक्तिहरूको बैंक खातामा रकम हाल्न लगाएर ठगेको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउछन् । साउन ११ मा उनलाई कोटेश्वरबाट पक्राउ गरेर कानुनी कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसपी आचार्यले बताए । पोस्टको नेभिगेसन मोटरसाइकल चोरीमा संलग्न धादिङका २ जना युवा पक्राउ एक वर्षमा प्रहरीले १७ अभियुक्तलाई विदेशबाट ल्यायो, ४६ जनाविरुद्ध रेड नोटिस जारी