share 287 पेरिस । नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् । सोमबार फ्रान्सको क्याम्प डी मार्स एरिनामा मनिता सर्वियन खेलाडी मारिका पेरिसिकसँग इप्पोन (१०-०)ले पराजित भइन् । उनले महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी थिइन्। मनिता एक मिनेट मात्र म्याटमा टिक्न सकिन्। जितसँगै पेरिसिकले अन्तिम १६ को यात्रा तय गरेकी छिन्। मनिताले कन्टिनेन्टल कोटामार्फत ओलम्पिक खेल्ने अवसर प्राप्त गरेकी हुन्। यससँगै पेरिस ओलम्पिकमा नेपालका चार खेलाडीको चुनौती समाप्त भएको छ । यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामाको यात्रा पनि समूह चरणमै सीमित बनेको थियो । (नयाँ पत्रीकाबाट) पोस्टको नेभिगेसन गृष्मकालिन ओलम्पिक पेरिसमा शुरु, दश हजारभन्दा बढी खेलाडी सहभागी (तस्बिरसहित) क्यानडामा हुने विश्वकप लिग-२ सिरिजका लागि बन्द प्रशिक्षणमा २२ खेलाडी