कारागारका कर्मचारीको मृत्युपछि चक्कु हल्लाउँदै कैदीहरूले आफू इस्माइली स्टेट (आइएस) का आतंकवादी भएको दाबी गर्दै जेल परिसर कब्जा गर्ने कुरा गरेका छन् । यसपछि जेलमा विशेष सुरक्षा बल पठाइएको छ । रुसी अधिकारीहरूले सुरक्षा बलहरूले सबै बन्दीहरूलाई रिहा गरिसकेका छन् र आक्रमणकारीहरू मारिएको बताएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको एक अपुष्ट तस्बिरमा, एक कैदीले रगतले लतपतिएको गार्डलाई चक्कु देखाएको देख्न सकिन्छ । रुसको रोजग्भार्डिया नेशनल गार्डले उद्धार कार्यका क्रममा चार आक्रमणकारीलाई स्नाइपरले गोली हानेको बताएको छ ।