share 112 काठमाडौं । इरानको राज्य टेलिभिजनले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु पुष्टि गरेको छ। उनका निधनमा सरकारले ४० दिन शोक र सात दिन सार्वजनिक बिदा घोषणा गरेको छ। यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गरेका थिए, तर इरान सरकारले पुष्टि गरेका थिएन। इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि खामेनी सुरक्षित र स्वस्थ रहेको बताएका थिए। तर, इरानको फार्स न्युज एजेन्सी र राज्य टेलिभिजनले शनिबार बिहानै खामेनीको मृत्यु भएको र ४० दिन शोक घोषणा गरिएको जानकारी दिएका छन्। खामेनी को हुन्? ८६ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताको रूपमा रहे। उनले इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनीको उत्तराधिकारीका रूपमा पद सम्हालेका हुन्। खामेनीसँग सरकारका सबै निकाय, सेना र न्यायपालिकामा अन्तिम अधिकार थियो। उनले पश्चिमा देशहरूसँग शत्रुतापूर्ण सम्बन्ध राखेका र अमेरिकी आर्थिक प्रतिबन्ध र स्वदेशभित्र विरोध प्रदर्शनको सामना गरेका थिए। संयुक्त राज्य अमेरिका र इजरायललाई इरानको प्रमुख शत्रुको रूपमा उनले हेर्दै आएका छन्। अमेरिका र इजरायलसँग सम्बन्ध २०२५ मा भएको १२ दिने युद्ध र त्यसपछिको इरानी प्रतिशोधपछि, इजरायली रक्षा मन्त्री इजरायल काट्जले खामेनीको अस्तित्व रोक्नु आवश्यक रहेको बताएका थिए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि यस महिनामा खामेनीको हत्या गर्ने प्रयास इजरायलले नगरेको संकेत गरेका थिए। खामेनीले लामो समयदेखि इरानले आणविक हतियार नबनाउने दाबी गर्दै आएका थिए। अमेरिकी गुप्तचर निकाय र संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आणविक एजेन्सीले पनि इरानले हतियार बनाउन खोजिरहेको प्रमाण फेला पारेका छैनन्। पोस्टको नेभिगेसन टोमाहकको जवाफ तुरुन्तै दिने पुटिनको चेतावनी