किएभ । युक्रेनलाई नेटो मुलुकहरुले दिएको एफ-१६ लडाकु विमानमध्येका एक विमान युक्रेन पुगेको एक महिना नपुग्दै गुमेको छ । रुसी क्षेप्यास्त्र आक्रमणको बीचमा आफ्नै हतियारले लागेर सो विमान ध्वस्त भएको युक्रेनी सेनाले बताएको छ ।

यो घटना सोमबार भएको हो । जसमा पाइलट अलेक्सेइ मेसको मृत्यु भएको छ । पहिलोपटक युक्रेनले सो विमान गुमाएको हो । यही महिना नेटो मुलुकहरुले युक्रेनलाई सो विमान दिएका थिए । रुसी सेनाको आक्रमणबाट विमान ध्वस्त नभएको युक्रेनी सेनाको दाबी छ । तर, रुसी ड्रोन र क्षेप्यास्त्र खसाउने काममा एफ-१६ विमान तैनाथ गरिएको राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले बताएका थिए ।

नेटो मुलुकहरुले करिब ६५ वटा एफ-१६ दिने वाचा गरेका छन् । जेलेन्स्कीले लामो समयदेखि सो विमान माग्दै आएका थिए । उनले आउँदो महिना अमेरिकी राष्ट्रपति जो बाइडेनसामु ‘विजय योजना’ प्रस्तुत गर्ने बताएका छन् । यो विमानको क्षतिले जेलेन्स्कीलाई धक्का पुगेको विश्लेषण गरिएको छ ।