share 607 काठमाडौं । अभिनेता रामचन्द्र अधिकारीले आफू सकुशल रहेको बताएको छ । केही दिनदेखि लगातार फेशबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा मृत्युको हल्ला फैलिएपछि उनले यो भ्रामक कुराको पछि नलाग्न आग्रह गरे । ‘टिकटक र रिलमा यो कुरा देखेपछि मलाई तारन्तार फोन गरिरहनुभएको छ । म सकुशल छु । बाहिर मेरो मृत्युको हल्ला फैलिएछ । कसले र कसरी हल्ला फैलायो, बुझ्न सकेको छैन,’ उनले भने । आफू अहिले ‘मेरी बास्सै’ लगायतका सिरियलको छायांकनसहित अन्य कार्यक्रममा समेत व्यस्त रहेको उनले बताए । उनले भने, ‘दुई वर्ष अगाडि बिरामी पर्दा अस्पताल भर्ना भएको फोटो राखेर मृत्युको हल्ला गरिएछ । यसले मेरो आयु बढायो ।’ अधिकारी निकट कलाकार गोपाल ढकाल ‘छन्दे’का अनुसार टिकटक ब्यान्ड हुनुअघि सेयर भएको एक भिडियो यतिबेला पुनः भाइरल भएपछि मृत्युको हल्ला फैलिएको हो । ‘त्यतिबेला काजी बा (अधिकारी)ले नै त्यस्तो भिडियो पोस्ट गर्नेलाई कारवाही नगर्न भन्नुभएपछि त्यत्तिकै छोडिएको थियो । त्यही भिडियो यतिबेला फेरि पोस्ट भएछ,’ ढकालले भने । अधिकारी पछिल्लो समय टिभी सिरियल ‘मेरी बास्सै’मा ‘काजी साप’ पात्रको रूपमा परिचित छन् । यसबाहेक उनी अन्य टिभी श्रृंखलामा समेत व्यस्त रहेका छन् । #अनलाइन खबरबाट पोस्टको नेभिगेसन सिंहदरबारतर्फ अगाडी बढ्दै गर्दा भद्रकालीमा सहकारी पीडितमाथि लाठी प्रहार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता
‘टिकटक र रिलमा यो कुरा देखेपछि मलाई तारन्तार फोन गरिरहनुभएको छ । म सकुशल छु । बाहिर मेरो मृत्युको हल्ला फैलिएछ । कसले र कसरी हल्ला फैलायो, बुझ्न सकेको छैन,’ उनले भने । आफू अहिले ‘मेरी बास्सै’ लगायतका सिरियलको छायांकनसहित अन्य कार्यक्रममा समेत व्यस्त रहेको उनले बताए । उनले भने, ‘दुई वर्ष अगाडि बिरामी पर्दा अस्पताल भर्ना भएको फोटो राखेर मृत्युको हल्ला गरिएछ । यसले मेरो आयु बढायो ।’ अधिकारी निकट कलाकार गोपाल ढकाल ‘छन्दे’का अनुसार टिकटक ब्यान्ड हुनुअघि सेयर भएको एक भिडियो यतिबेला पुनः भाइरल भएपछि मृत्युको हल्ला फैलिएको हो । ‘त्यतिबेला काजी बा (अधिकारी)ले नै त्यस्तो भिडियो पोस्ट गर्नेलाई कारवाही नगर्न भन्नुभएपछि त्यत्तिकै छोडिएको थियो । त्यही भिडियो यतिबेला फेरि पोस्ट भएछ,’ ढकालले भने । अधिकारी पछिल्लो समय टिभी सिरियल ‘मेरी बास्सै’मा ‘काजी साप’ पात्रको रूपमा परिचित छन् । यसबाहेक उनी अन्य टिभी श्रृंखलामा समेत व्यस्त रहेका छन् । #अनलाइन खबरबाट