share 837 मंगोलिया । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई मंगोलियामा भव्य स्वागत गरिएको छ । पुटिनले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि इन्टरनेसनल क्रिमिनल कोर्ट (आईसीसी) सदस्य राष्ट्रको भ्रमण गरेको यो पहिलो अवसर हो । युक्रेनका बालबालिकाहरूलाई गैरकानुनीरूपमा डिपोर्ट गरेको आरोपमा आईसीसीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । भ्रमणअघि क्रेमलिनका एक प्रवक्ताले भ्रमणका दौरान पुटिन पक्राउ पर्ने कुनै चिन्ता नरहेको स्पष्ट पारेका थिए । मंगलबार राजधानी उलानबाटारमा मंगोलियाका नेताले भव्य समारोहबिच पुटिनलाई स्वागत गरेका थिए । जंगेज खाँ स्क्वेरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । समारोहपछि पुटिनले मंगोलियाका राष्ट्रपति उखनागलिन खुरेलसुखसँग भेटवार्ता गरे । पुटिनको भ्रमणअघि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले मंगोलियासँग पुटिनलाई पक्राउ गर्न आग्रह गरेका थिए । बीबीसी पोस्टको नेभिगेसन नेतान्याहु सरकारको विरोधमा इजरायलमा प्रदर्शन शुरु चीनद्वारा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने घोषणा