share 1,478 काठमाडौं । कञ्चनपुरस्थित गड्डाचौकी सीमाना भएर नेपाल भित्रिन लागेको अवस्थामा भारतीय सुरक्षाकर्मीले ४० थान गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । गड्डाचौकी नजिकै रहेको शारदा ब्यारेज क्षेत्रमा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले शुक्रबार कञ्चनपुर आउँदै गरेका दुई भारतीय नागरिकलाई ४० थान गोलीसहित पक्राउ गरेको हो । एसएसबीले अल्मोडाका ४७ वर्षीय दिनेश चन्द्र र नैनीतालका ४० वर्षीय सतिश नैनवाललाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनीहरूका अनुसार एसएसबीले पक्राउ परेका व्यक्तिबाट ७ दशमलव ६५ एमएमका ४० थान जिउँदा कारतुस बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई एसएसबीले बनबासामा रहेको जनपद प्रहरीको जिम्मा लगाएको छ पोस्टको नेभिगेसन जीबी राईलाई पक्राउ गर्न नेपालले गर्यो इन्टरपोललाई दोस्रोपटक पत्राचार पर्यटकलाई आतंकित पारेर लुटपाट गर्ने सात जना पक्राउ
काठमाडौं । कञ्चनपुरस्थित गड्डाचौकी सीमाना भएर नेपाल भित्रिन लागेको अवस्थामा भारतीय सुरक्षाकर्मीले ४० थान गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
गड्डाचौकी नजिकै रहेको शारदा ब्यारेज क्षेत्रमा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले शुक्रबार कञ्चनपुर आउँदै गरेका दुई भारतीय नागरिकलाई ४० थान गोलीसहित पक्राउ गरेको हो । एसएसबीले अल्मोडाका ४७ वर्षीय दिनेश चन्द्र र नैनीतालका ४० वर्षीय सतिश नैनवाललाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनीहरूका अनुसार एसएसबीले पक्राउ परेका व्यक्तिबाट ७ दशमलव ६५ एमएमका ४० थान जिउँदा कारतुस बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई एसएसबीले बनबासामा रहेको जनपद प्रहरीको जिम्मा लगाएको छ