share 914 काठमाडौं । सहकारी प्रकरणमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै कारबाहीका लागि सरकारलाई सिफारिस गरिसकेको छ । गत सोमबार प्रतिनिसभा बैठकमा समितिका सभापति एवम् नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले रास्वपा अध्यक्ष लामिछानेलगायतलाई कारबाही गर्नुपर्ने आधारसहितको प्रतिवेदन पेश गरेको थियो । समितिले प्रतिवेदनमार्फत् विभिन्न सहकारी संस्थाको ८५ करोड रुपैयाँ हिनामिना गरेको विषयमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालकमध्ये पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित कुमार रम्तेल र गितेन्द्रबाबु राई (जीबी राई) लाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । कारबाहीका लागि सिफारिस गरिएकामध्ये रम्तेल हाल कारगार मै छ भने राई फरार रहेको छ । रास्वपा सभापति लामिछाने र पूर्वडीआइजी जोशी भने अहिलेसम्म फरार नरहे पनि सरकारले छानबिनको दायरामा ल्याइसकेको छैन । संसदीय छानबिन समितिको निर्देशनसँगै अब लामिछाने र जोशीलाई पनि पक्राउ गरी अनुसन्धान गरिनुपर्ने सरकारमाथि दबाब छ । समितिले गोर्खा मिडिया नेट्वर्कले खोलेको ग्यालेक्सी टेलिभिजन सञ्चालनका लागि देशका तीन ठूला सहकारीबाट ८१ करोड रुपैयाँ बढी भित्र्याएको भेट्टाइसकेको छ । यद्यपि, रास्वपाका नेता-कार्यकर्ताले पार्टी सभापति लामिछानेले ‘क्लिन चिट’ पाएको तर्क गरिरहेका छन् । सोमबार संसद भवन बाहिर पत्रकारहरूसँगको कुराकानीमा रास्वपा उसभापतिसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेले सभापति लामिछानेलाई मूल आरोपबाट ‘क्लिन चिट’ पाइएको दाबी गरे । ‘रवि लामिछाने जीले त मूल आरोपबाट आज क्लिन चिट पाउनुभएको छ । अब ठूला पार्टीमा ठूलै पद ओगटेर बसेका वास्तविक ठगहरू उजागर भएको छ,’ डा. वाग्लेको भनाइ थियो, ‘अन्तत्व संसदीय समितिले देशको भलो हुने काम नै गरेको जस्तो लागेको छ ।’ तर, संसदीय समितिका संयोजक थापाले भने लामिछानेलाई ‘क्लिन चिट’ पाइएको दाबी गर्ने उपसभापति वाग्लेसहितका रास्वपाका नेता-कार्यकर्तामाथि नै प्रश्न उठाएका छन् । उनले पत्रकार ऋषि धमलासँगको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ‘क्लिन चिट’ भनिरहेका रास्वपाका नेता कार्यकर्ताहरूतर्फ इंगित गर्दै भनेका छन्, ‘जान्नेलाई छान्नुस्, हामी जान्ने हौँ, हामीलाई छान्नुस् भन्ने मानिसले प्रतिवेदनमा लेखेको, चश्मा हेरेर खोलेर हेर्दा थाहा पाउने चिजको डिस्टोर्सन गर्ने ? क्लिन चिट कहाँ छ ? कुन लाइनमा छ ? कुन प्याराग्राफमा छ ? कारबाही सिफारिसको अंग्रेजी अनुवाद क्लिन चिट हुन्छ ? कहाँ पढ्नुभएको हो ? कुन स्कुलमा पढ्नुभएको हो ? कुन युनिभर्सिटीमा पढ्नुभएको हो ?’ पोस्टको नेभिगेसन दरबारमार्गमा सवारी आवागमन बन्द, यस्तो छ कारण पत्रकार महासङ्घको निर्वाचन अन्यौलमा, उम्मेदवार मनोनयन दर्ता स्थगित
काठमाडौं । सहकारी प्रकरणमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै कारबाहीका लागि सरकारलाई सिफारिस गरिसकेको छ ।
गत सोमबार प्रतिनिसभा बैठकमा समितिका सभापति एवम् नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले रास्वपा अध्यक्ष लामिछानेलगायतलाई कारबाही गर्नुपर्ने आधारसहितको प्रतिवेदन पेश गरेको थियो । समितिले प्रतिवेदनमार्फत् विभिन्न सहकारी संस्थाको ८५ करोड रुपैयाँ हिनामिना गरेको विषयमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालकमध्ये पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित कुमार रम्तेल र गितेन्द्रबाबु राई (जीबी राई) लाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । कारबाहीका लागि सिफारिस गरिएकामध्ये रम्तेल हाल कारगार मै छ भने राई फरार रहेको छ । रास्वपा सभापति लामिछाने र पूर्वडीआइजी जोशी भने अहिलेसम्म फरार नरहे पनि सरकारले छानबिनको दायरामा ल्याइसकेको छैन । संसदीय छानबिन समितिको निर्देशनसँगै अब लामिछाने र जोशीलाई पनि पक्राउ गरी अनुसन्धान गरिनुपर्ने सरकारमाथि दबाब छ । समितिले गोर्खा मिडिया नेट्वर्कले खोलेको ग्यालेक्सी टेलिभिजन सञ्चालनका लागि देशका तीन ठूला सहकारीबाट ८१ करोड रुपैयाँ बढी भित्र्याएको भेट्टाइसकेको छ । यद्यपि, रास्वपाका नेता-कार्यकर्ताले पार्टी सभापति लामिछानेले ‘क्लिन चिट’ पाएको तर्क गरिरहेका छन् । सोमबार संसद भवन बाहिर पत्रकारहरूसँगको कुराकानीमा रास्वपा उसभापतिसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेले सभापति लामिछानेलाई मूल आरोपबाट ‘क्लिन चिट’ पाइएको दाबी गरे । ‘रवि लामिछाने जीले त मूल आरोपबाट आज क्लिन चिट पाउनुभएको छ । अब ठूला पार्टीमा ठूलै पद ओगटेर बसेका वास्तविक ठगहरू उजागर भएको छ,’ डा. वाग्लेको भनाइ थियो, ‘अन्तत्व संसदीय समितिले देशको भलो हुने काम नै गरेको जस्तो लागेको छ ।’ तर, संसदीय समितिका संयोजक थापाले भने लामिछानेलाई ‘क्लिन चिट’ पाइएको दाबी गर्ने उपसभापति वाग्लेसहितका रास्वपाका नेता-कार्यकर्तामाथि नै प्रश्न उठाएका छन् । उनले पत्रकार ऋषि धमलासँगको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ‘क्लिन चिट’ भनिरहेका रास्वपाका नेता कार्यकर्ताहरूतर्फ इंगित गर्दै भनेका छन्, ‘जान्नेलाई छान्नुस्, हामी जान्ने हौँ, हामीलाई छान्नुस् भन्ने मानिसले प्रतिवेदनमा लेखेको, चश्मा हेरेर खोलेर हेर्दा थाहा पाउने चिजको डिस्टोर्सन गर्ने ? क्लिन चिट कहाँ छ ? कुन लाइनमा छ ? कुन प्याराग्राफमा छ ? कारबाही सिफारिसको अंग्रेजी अनुवाद क्लिन चिट हुन्छ ? कहाँ पढ्नुभएको हो ? कुन स्कुलमा पढ्नुभएको हो ? कुन युनिभर्सिटीमा पढ्नुभएको हो ?’