share 785 काठमाडौं । धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा तानेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा भएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता ऋषिराम तिवारीले बताए । मन्त्रालयले धादिङमा पाण्डेको ठाउँमा सुमन घिमिरे र काभ्रेमा सेडाईको ठाउँमा उमेश ढकाललाई पठाएको छ । प्रवक्ता तिवारीले दुवै प्रमुख जिल्ला अधिकारीको नियमित सरुवा भएको दाबी गरेका छन् । असोज १० गतेदेखि परेको अविरल वर्षापछि काभ्रे र धादिङमा पनि जनधनको क्षति भएको थियो । पोस्टको नेभिगेसन धादिङका प्रहरी प्रमुख तानिए हेडक्वाटर बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारीमा यातायात व्यवसायी