Global Galaxy News
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • कला-साहित्य
  • खेलकुद
  • फोटो-फिचर
  • मनोरञ्जन
  • राजनीति
  • सुचना-प्रविधि

एक्लै चुनाव लड्ने घोषणा गरेको माओवादीले उपनिर्वाचनमा खोज्यो गठबन्धन

ग्लोबल ग्यालेक्सी न्युज २३ असोज, २०८१

एक्लै चुनाव लड्ने घोषणा गरेको माओवादीले उपनिर्वाचनमा खोज्यो गठबन्धन
share 351

काठमाडौं । अब हुने निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने बताएका नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा गठबन्धनको ढोका खोलेको छ।

सोमबार मातहतका निकायलाई परिपत्र पठाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरूङले यस्तो उल्लेख गरेका हुन्।

‘आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि एकल रूपमा चुनाव लड्ने तयारी गर्ने,’ परिपत्रको पहिलो बुँदामै भनिएको छ, ‘यसका साथै सत्तारूढ दल बाहेकका बाम देशभक्त दलहरूसँगको सहकार्यलाई अगाडि बढाउन पहल गर्ने।’

सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले यसअघि नै एक्लै निर्वाचन लड्ने बताइसकेका छन्। अहिले प्रतिपक्षमा रहेका दलहरूमध्ये नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग माओवादी निकट देखिन्छ।

रास्वपाले स्थानीय तहको चुनावमा जाने बताइरहेका बेला माओवादीको पनि यो परिपत्र आएको हो। यस्तै माओवादी नेतृत्वले परिपत्रमा उम्मेदवार चयनको प्रक्रिया पनि तोकेको छ।

‘उप-निर्वाचनको तयारीका लागि रिक्त रहेका वडा अध्यक्षको उम्मेदवार छनोट गर्दा वडा पार्टीका सदस्यहरूलाई भेला गराएर सहमतिका आधारमा उम्मेदवार छनोट गर्ने,’ माओवादी केन्द्रले भनेको छ, ‘यदि सहमति हुन नसकेको अवस्थामा बहुमतीय प्रणालीको आधारमा उम्मेदवार छनोट गरी पालिका समितिलाई सिफारिस गर्ने र पालिकाको पार्टी समितिले निर्णय गर्ने।’

माओवादी केन्द्रले कात्तिक २५ गतेसम्म उम्मेदवार चयन गरिसक्न मातहतका निकायहरूलाई निर्देशन दिएको छ। यही मंसिर १६ गते रिक्त स्थानीय तहमा निर्वाचन हुँदैछ। स्थानीय तहका विभिन्न ३९ पदमा उपनिर्वाचन हुन लागेको हो

सम्बन्धित खबर

प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा, एमालेले लियो समर्थन फिर्ता

प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा, एमालेले लियो समर्थन फिर्ता

नेपाल-भारत सीमा तारबार गरौं : बर्तौला

नेपाल-भारत सीमा तारबार गरौं : बर्तौला

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभरको मौसमी अवस्था यस्तो रहने

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभरको मौसमी अवस्था यस्तो रहने

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन :सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन :सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग

ताजा समाचार

  • गर्मी बढेसँगै महोत्तरीमा सर्पदंशका घटनामा वृद्धि
    गर्मी बढेसँगै महोत्तरीमा सर्पदंशका घटनामा वृद्धि
  • पूर्वमै विजयको सूत्र खोज्दै माओवादी, २०८४ लक्षित अभियान तीव्र
    पूर्वमै विजयको सूत्र खोज्दै माओवादी, २०८४ लक्षित अभियान तीव्र
  • शौचालयमा लडेर प्रचण्ड सामान्य घाइते
    शौचालयमा लडेर प्रचण्ड सामान्य घाइते
  • हेटौँडाको जमिनले गाडी निल्यो? अनुसन्धानले देखायो ६ मिटरमा फलामको संकेत
    हेटौँडाको जमिनले गाडी निल्यो? अनुसन्धानले देखायो ६ मिटरमा फलामको संकेत
  • सिन्धु सम्झौता उलंघन गरे भारतमाथी आक्रमण गर्छौं : पाकिस्तान
    सिन्धु सम्झौता उलंघन गरे भारतमाथी आक्रमण गर्छौं : पाकिस्तान
Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना

बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.

Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना
बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.Hermes Engineering Solution Pvt. Ltd.