काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बिहीवारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । आज रातो आलु (नेपाली) प्रति केजी ७५ रुपैयाँ, सानो लोकल गोलभेडा प्रति केजी ६० रुपैयाँ र प्याज सुकेको प्रति केजी १२५ रुपैयाँ तोकिएको छ ।
गाजर (लोकल) प्रति केजी १४० रुपैयाँँ, बन्दा प्रति केजी ७० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, तितो करेला प्रति केजी ८० रुपैयाँँ, लौका प्रति केजी ६० रुपैयाँ र भिण्डी प्रति केजी ८० रुपैयाँँ तोकिएको छ ।
स्कुस प्रति केजी ५० रुपैयाँ, पिँडालु प्रति केजी २५ रुपैयाँ र पाकेको फर्सी प्रति केजी ३० रुपैयाँ तोकिए बजार बिकास समितिले जनाएको छ ।