काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले शुक्रबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । आज रातो आलु प्रति केजी ६५ रुपैयाँ, सानो लोकल गोलभेडा प्रति केजी २० रुपैयाँ र प्याज सुकेको प्रति केजी १०० रुपैयाँ तोकिएको छ ।
गाजर प्रति केजी ८० रुपैयाँँ, बन्दा प्रति केजी ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, तितो करेला प्रति केजी ४० रुपैयाँँ, लौका प्रति केजी ४० रुपैयाँ र भिण्डी प्रति केजी ४० रुपैयाँँ तोकिएको छ ।
स्कुस प्रति केजी ४० रुपैयाँ, पिँडालु प्रति केजी ८० रुपैयाँ र पाकेको फर्सी प्रति केजी ५० रुपैयाँ तोकिए बजार बिकास समितिले जनाएको छ ।
यस्तो छ फलफूल तथा तरकारीको आजको मूल्यसूची :

