share 681 एजेन्सी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले हमासका सैन्य कमान्डर मोहम्मद डेफ, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र पूर्वरक्षामन्त्री योअभ गालान्टविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यस सम्बन्धमा जारी गरिएको विज्ञप्तिअनुसार आईसीसीको प्रि-ट्रायल चेम्बरले इजरायलले अदालतको क्षेत्राधिकारलाई दिएको चुनौतीलाई अस्वीकार गर्दै वारेन्ट जारी गरेको हो । तस्बिरमा क्रमशः नेतन्याहु, गालान्ट र डेफ इजरायली सेनाले मोहम्मद डेफ जुलाईमा गाजामा भएको हवाई आक्रमणमा मारिएको जनाएको छ। तर अदालतले डेफलाई मृत मानेको छैन । आईसीसी न्यायाधीशले भने, “इजरायल र हमासबीचको युद्धमा मानवताविरुद्धको अपराध र युद्धमा तीनै जना जिम्मेवार रहेका पर्याप्त आधार छन् ।” तर, इजरायल र हमास दुवैले आईसीसीको आरोपलाई अस्वीकार गरेका छन् । आईसीसीले वारेन्ट जारी गरेपछि यसलाई लागू गर्छन् वा गर्दैनन् भन्ने कुरा त्यसका १२४ सदस्य राष्ट्रमा निर्भर हुन्छ । तस्बिरमा क्रमशः नेतन्याहु, गालान्ट र डेफ यस वर्षको मेमा आईसीसी अभियोजक करिम खानले नेतन्याहु, योभ गालान्ट, मोहम्मद डेफ, इस्माइल हनिया र याह्या सिनवार विरुद्ध पक्राउ पुर्जी माग गरेका थिए । – बीबीसी पोस्टको नेभिगेसन युक्रेनले रूसमा प्रहार गर्यो अमेरिकी मिसाइल रुसले युक्रेनमा प्रहार गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र
तस्बिरमा क्रमशः नेतन्याहु, गालान्ट र डेफ इजरायली सेनाले मोहम्मद डेफ जुलाईमा गाजामा भएको हवाई आक्रमणमा मारिएको जनाएको छ। तर अदालतले डेफलाई मृत मानेको छैन । आईसीसी न्यायाधीशले भने, “इजरायल र हमासबीचको युद्धमा मानवताविरुद्धको अपराध र युद्धमा तीनै जना जिम्मेवार रहेका पर्याप्त आधार छन् ।” तर, इजरायल र हमास दुवैले आईसीसीको आरोपलाई अस्वीकार गरेका छन् । आईसीसीले वारेन्ट जारी गरेपछि यसलाई लागू गर्छन् वा गर्दैनन् भन्ने कुरा त्यसका १२४ सदस्य राष्ट्रमा निर्भर हुन्छ । तस्बिरमा क्रमशः नेतन्याहु, गालान्ट र डेफ यस वर्षको मेमा आईसीसी अभियोजक करिम खानले नेतन्याहु, योभ गालान्ट, मोहम्मद डेफ, इस्माइल हनिया र याह्या सिनवार विरुद्ध पक्राउ पुर्जी माग गरेका थिए । – बीबीसी