share 227 काठमाडौं । प्रहरीले काठमाडौंमा जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा एसएलआर बोक्दै लुटपाट र आगजनीमा संलग्न एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति ललितपुर उपमहानगरपालिका-१३, कुसुन्तीका ३६ वर्षीय सम्राट भनिने राजु परियार सुनाकोठी हुन्। अपराध अनुसन्धान कार्यालय काठमाडौं उपत्यकाले उनलाई बुधबार पक्राउ गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार परियारले सुरक्षाकर्मीले प्रयोग गर्ने हतियार लुटेर सिंहदरबारको मूलगेटमा प्रदर्शन गरेका थिए, जुन दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो। उनीमाथि ज्यान मार्ने, ठगी, अभद्र व्यवहार लगायत ८ वटा विभिन्न मुद्दा दर्ता भएको छ। परियारविरुद्ध दर्ता मुद्दा जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं (मुद्दा नं. ६५८, मिति २०६४।१०।२०) – ज्यान मार्ने उद्योग। जिल्ला प्रहरी परिसर ललितपुर (रोमन महर्जनको जाहेरी, मुद्दा नं.१९५, मिति २०७०।०६।१४) – ज्यान मार्ने उद्योग। प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाडौं (रवि तामाङको जाहेरी, मुद्दा नं. २७८, मिति २०७५।०९।१३) – ठगी। प्रहरी वृत्त महाराजगन्ज, काठमाडौं (राजकुमार खड्कीको जाहेरी, मुद्दा नं. ७२०, मिति २०७१।०९।१७) – बैंकिङ कसुर। जिल्ला प्रहरी परिसर ललितपुर (मिक्सार तामाङको जाहेरी, मुद्दा नं. ३३, मिति २०८०।०४।०७) – ठगी। जिल्ला प्रहरी परिसर ललितपुर (गोविन्द रिमालको जाहेरी, मुद्दा नं. ४७, मिति २०६५।०५।१०) – अभद्र व्यवहार। प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाडौं (रवि तामाङको जाहेरी, मुद्दा नं. २७८, मिति २०७५।०९।१३) – अभद्र व्यवहार। प्रहरी वृत्त स्वयम्भु, काठमाडौं (सुदन बैजुको जाहेरी, मुद्दा नं. ८०, मिति २०७१।०१।१९) – ठगी। प्रहरीले आगामी दिनमा थप अनुसन्धान गर्ने र घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्ने जनाएको छ। पोस्टको नेभिगेसन गुण्डा नाइके चक्रे मिलनसहित ४७ जनाभन्दा बढी पक्राउ