जुन 3, 2026
अपराध

महोत्तरीमा डाँका समूहको आतंक : गोली लागेर बुवा–छोरी घाइते

जनकपुरधाम – महोत्तरीमा डाँका चोरीका क्रममा भएको गोली प्रहारबाट दुई जना घाइते भएका छन् ।

महोत्तरीको सोनमा गाउँपालिका–३ खखनास्थित राम विश्वास आदबको घरमा मंगलबार राति डाँका समूहले चोरी गरेको प्रहरीले जनाएको छ । चोरीका क्रममा डाँका समूहले गोली चलाउँदा राम विश्वासका ज्वाईं ईश्वर यादव र छोरी किरण यादव घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार घाइते दुवैजनाको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घटनाबारे जानकारी बिहानपख मात्र प्राप्त भएको थियो । घटनामा संलग्न व्यक्तिहरुको खोजी तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्