share 576 मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान युक्रेनी सहर डिनिप्रोमा भएको हमला युक्रेनी आक्रमणको जवाफ भएको बताएको छ । पुटिनले युक्रेनलाई हतियार उपलब्ध गराउने देशहरुलाई चेतावनी समेत दिएको छ । पुटिनले चेतावनी दिदै भने, ‘युक्रेनले अमेरिका र बेलायतले उपलब्ध गराएको लामो दुरीका हतियार र मिसाइलले रुसी क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको थियो । बिहीबार डिनिप्रोमा भएको रुसी आक्रमण त्यसको प्रतिक्रिया थियो । रुसले त्यस्ता उद्देश्यका लागि आफ्नो हतियार प्रयोग गर्न अनुमति दिने देशहरूको सैन्य आधार शिविरमा पनि आक्रमण गर्न सक्छ ।’ डिनिप्रोमा गरिएको आक्रमणको बारेमा जानकारी दिँदै राष्ट्रपति पुटिनले भने, ‘यो आक्रमण मध्यम दूरीको मिसाइलद्वारा गरिएको थियो, जसको कोड नाम ओराश्निक हो । यो क्षेप्यास्त्र १० म्याक अर्थात् २ दशमलव ५ देखि ३ किलोमिटर प्रति सेकेन्डको गतिमा आफ्नो लक्ष्यमा पुगेको थियो । कुनै पनि घटनाक्रमको लागि तयार छौं । यदि कसैलाई अझै पनि यसबारे शंका छ भने त्यो उसले नगरेकै राम्रो । यसको जवाफ हामी सधैं दिनेछौं ।’ पोस्टको नेभिगेसन रुसले युक्रेनमा प्रहार गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्री सम्देचबीच भेटवार्ता