share 754 काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँ कारोबार भएको छापावाल सुन आइतबार घटेर तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो । त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ कारोबार ? सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?