काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च दर प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको हो।

यसअघि बिहीबार सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार १२०० रुपैयाँले बढ्दै सुनको मूल्य पहिलोपटक २ लाख नाघेको हो।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। बिहीबार प्रतितोला २ हजार ३५५ रुपैयाँ कायम भएको चाँदी शुक्रबार २ हजार ३६० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।