काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रति तोला ८०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।