काभ्रे । काभ्रेको तेमालमा जन्ती पुर्याएर फर्किने क्रममा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहीबार बिहान करिब ५:४० बजे काभ्रे तेमाल गाउपालिका-३ कुन्डोलमा दुर्घटना हुँदा धादिङबाट बिबाहको जन्ति पुर्याएर फर्किने क्रममा ना ४ ख ८८१७ खाली बस दुर्घटना भएको हो । घुम्तीमा व्याग गर्ने क्रममा सडकबाट अन्दाजी दुई सय मिटर तल खस्दा तेमाल-१ बस्ने ५० वर्षीय रामसिंङ तामाङको घटनास्थलमा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका बस चालक मकवानपुर जिल्लास्थित बागमति गाउँपालिका बस्ने ५० वर्षीय कृष्ण ब्लोनलाई उपचारको लागि धुलीखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।