काठमाडौं । काठमाडौंको धोबीखोलाको पुलबाट कार खसेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आइतबार बिहान काठमाडौं महानगरपालिका-२१ स्थित मदन भण्डारी कलेजनजिक बिएए ८७१४ नम्बरको कार पुलबाट खोलामा खसेको हो ।
कार अनामनगरबाट बानेश्वर जाँदै थियो । सो कार ललितपुर महानगरपालिका-१ का ४६ वर्षीय विनोदविक्रम सिजापतिले चलाएका थिए । उनी सकुशल रहेको एसपी अधिकारीले जानकारी दिए ।
अहिले कार खोलाबाट निकाल्ने काम भइरहेको जनाएको छ ।