जुन 24, 2026
घटना-दुर्घटना

तमोर नदीमा गाडी दुर्घटना, ६ घाइतेको उद्धार

काठमाडौं । पाँचथरको कुम्मायक–३ कात्तिके क्षेत्रमा आज बिहान तमोर नदीमा गाडी खस्दा ६ जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी अस्पताल पठाइएको छ।

दुर्घटनास्थलमा खटिएका डीएसपी अनिशकुमार कर्णका अनुसार पाँच जना घाइतेलाई धरान र एक जनालाई फिदिम अस्पताल लगिएको छ। भिरालो क्षेत्रमा दुर्घटना भएकोले बाँकी यात्रुहरूको खोजी कार्य जारी छ।

गाडीमा कुल कति जना सवार थिए र क्षति कति भयो भन्ने विवरण हालसम्म सार्वजनिक भएको छैन।

 

जवाफ लेख्नुहोस्