share 619 काठमाडौं । नासाका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी बुच विलमोर नौ महिनापछि सकुशल पृथ्वी फर्किएका छन्। स्पेसएक्सको क्रू ड्र्यागन क्याप्सुलमार्फत उनीहरू नेपाली समयअनुसार बिहान ३:४५ बजे फ्लोरिडाको तटमा सुरक्षित अवतरण गरेका हुन्। गत वर्षको जुनमा बोइङको स्टारलाइनर यानमार्फत आठ दिनका लागि अन्तरिक्ष गएका उनीहरू यानमा समस्या देखिएपछि २८६ दिनसम्म आईएसएसमै बस्न बाध्य भए। उनीहरूसँगै नासाका निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जेन्डर गोरबुनोभ पनि पृथ्वी फर्किएका छन्। सुनिताले अन्तरिक्षमा दुईवटा स्पेसवाक गरिन्, जसले महिलाहरूमा सबैभन्दा लामो स्पेसवाकको कीर्तिमान बनायो। पृथ्वीमा फर्किएपछि स्पेसएक्सले “स्वागत छ पृथ्वीमा!” भन्दै सामाजिक सञ्जालमा सन्देश दिएको छ। नासाका अनुसार सबै अन्तरिक्षयात्रीहरू स्वस्थ छन् र अब ४५ दिनको पुनर्वास कार्यक्रममा सहभागी हुनेछन्। पोस्टको नेभिगेसन आजदेखि इजरायल र हमासबीच युद्ध विराम सुरु सिन्धु सम्झौता उलंघन गरे भारतमाथी आक्रमण गर्छौं : पाकिस्तान