काठमाडौं । काठमाडौं अनामनगर बस्दै आएका कञ्चनपुरका २२ वर्षीय राहुल बुढाले ईसेवाका चार हजार अकाउन्ट ह्याक गरी एक करोड दुई लाख रुपैयाँ चोरी गरेका छन्।

उनी वैशाख २ गते कालिमाटीबाट पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीले जानकारी दिए।

बुढाले ‘द अलर्ट’ र ‘एटी अलर्ट’ नामक ठगी लिंक पठाएर प्रयोगकर्तालाई खातामा समस्या आएको भन्दै लिंक खोल्न लगाएका थिए। लिंक खोलेपछि उनले अकाउन्टमा पहुँच बनाई रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खातामा रकमान्तर गरेका थिए।

अप्रिलको एक साताभित्र यस्तो ठगी भएको पुष्टि भएको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।