share 164 काठमाडौं । नेपाल प्रहरीका चार डिआईजीलाई प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले एआईजीमा पदोन्नति गर्दै दर्ज्यानी चिन्हद्वारा सम्मान गरेको छ। पदोन्नति पाउने अधिकारीहरूमा सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहेका छन्। समारोहमा सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले पदोन्नति प्राप्त अधिकारीहरूको योगदान, पेशागत दक्षता र जिम्मेवारी निर्वाहको मूल्याङ्कन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। पदोन्नति पाएका अधिकारीहरूले संविधान र ऐन कानुनको दायराभित्र रहेर शान्ति व्यवस्था र कानुन कार्यान्वयनमा निष्ठापूर्वक सेवा दिने प्रतिबद्धता व्यक्त गरे। समारोहमा नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो। पोस्टको नेभिगेसन ओली र दाहालको सुरक्षामा कटौती : मापदण्डभन्दा बढी सुरक्षाकर्मी फिर्ता बोलायो गृह मन्त्रालयले सुरक्षा चुनौतीकाबीच सशस्त्र प्रहरीले गर्यो १६८ जना अधिकृतको जिम्मेवारी हेरफेर