share 255 काठमाडौं । गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षाकर्मी खटाएको भन्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा कटौती गरेको छ। मन्त्रालयका उच्च स्रोतका अनुसार, ओलीले प्रयोग गर्दै आएका मापदण्डविपरीतका २८ जना सुरक्षाकर्मीलाई बिहीबार फिर्ता बोलाइएको छ। त्यस्तै, दाहालको सुरक्षार्थ खटिएका ३४ जना सुरक्षाकर्मीलाई पनि फिर्ता बोलाइएको छ। दाहालको सुरक्षामा हालसम्म ५२ जना सुरक्षाकर्मी तैनाथ थिए। गृह मन्त्रालयले विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिअनुसार पूर्वप्रधानमन्त्री र अन्य उच्चपदस्थ व्यक्तिहरूलाई सीमित संख्यामा मात्र सुरक्षा व्यवस्था गर्न सकिने प्रावधान कार्यान्वयनमा ल्याएको जनाएको छ। स्रोतका अनुसार, आगामी दिनमा अन्य पूर्वप्रधानमन्त्री र उच्चपदस्थ व्यक्तिहरूको सुरक्षामा पनि सोही मापदण्ड लागू गरिने तयारी भइरहेको छ। पोस्टको नेभिगेसन सम्पर्कविहीन ३० प्रहरीलाई हाजिर हुन नेपाल प्रहरीले निर्देशन प्रहरीका चार डिआईजी एआईजीमा बढुवा, दर्ज्यानी चिन्हद्वारा सम्मान