बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि

 

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६०० रुपैयाँ बढेर तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ पुगेको हो ।

 

यसअघि तीन दिनसम्म सुनको मूल्य स्थिर रहेको थियो । आज तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

 

चाँदीको मूल्य चाहिँ तोलामा रु ५ बढेको छ । मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ८२० रुपैयाँमा कारोबार भएको हो ।