काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुधबार पनि २१ सय विन्दु कायम भएको छ । सोमबार  नेप्से ८.९० अंकले,  मंगलबार ३३.१५ अंकले र आज बुधबार ६.३८ अंकले नेप्से बढेको छ ।

 

बुधबार पनि नेप्से ०.३० प्रतिशतले बढेर २१२१.६२ विन्दुमा पुगेको छ । आज ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर ७४ हजार ७४ हजार ८५८ पटक किनबेच भएको छ । आज ३१२ वटा कम्पनीको शेयर कारोबार हुँदा ११९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  सेन्सेटिभ इन्डेक्स १.६७ अंकले, फ्लोट इन्डेक्स ०.५२ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६० अंकले घटेको छ। 

 

बुधबार १३ समूहमध्ये ९ समूहको शेयर मूल्य बढेको छ भने ४ समूहको शेयर मूल्य घटेको छ । सबैभन्दा बढी लघुवित्त समूहको ४१.२७ अंकले बढेको छ भने सबैभन्दा बढी निर्जीवन बीमा समूहको ५३.२० अंकले घटेको छ ।