वीरगन्ज । अत्याधिक गर्मी बढेपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरु तीन दिनका लागि बन्द गरेको छ ।

बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा समस्या भएको भन्दै वीरगन्ज महानगरपालिका नगरपालिकाले जेठ ३१ गतेदेखि असार २ गतेसम्म महानगर भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । यसअघि महानगरपालिकाले जेठ १६ देखि १८ गतेसम्म गर्मी विदा दिएको थियो । बुधबार वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद भट्टराईले सूचना जारी गर्दै हाल गर्मी बढिरहेको र अबका केही दिन अझ गर्मी बढ्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर गरी विद्यालय बन्द गरेको जनाएको छ ।

 

अत्याधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै महानगर भित्रका विद्यालयमा जेठ ३१ देखि असार २ गतेसम्मका लागि गर्मी विदा दिने निर्णय गरिएको भट्टराईले विज्ञप्ति मार्फत जानकारी दिए ।

 

विज्ञप्ति सहित