असार ३ गते सार्वजनिक विदा

असार ३ गते सार्वजनिक विदा

काठमाडौं । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा) का अवसरमा बिदा दिएको हो ।

शुक्रबार सूचना जारी गर्दै गृहमन्त्रालयले सार्वजनिक विदा दिएको जनाएको छ । ‘नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।